Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई उचित सम्मान गर्ने प्रतिबद्धता

अर्थ संसार

शनिबार, १६ बैशाख २०८०, २२ : १२ मा प्रकाशित

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई उचित सम्मान गर्ने प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्। 

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई बधाई दिनुका हुन् । प्रधानमन्त्रीले क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, “एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई । क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको