नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शनिबार) पदभार ग्रहण गर्ने भएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहान ११ बजे सिंहदरबार पुगेर उनले पदभार ग्रहण गर्ने कार्यतालिका तय गरिएको छ।
कार्कीको कार्यकालको प्रारम्भिक चरणमै प्रधानमन्त्री कार्यालयलाई गृह मन्त्रालयको नयाँ भवनमार्फत सञ्चालन गर्ने तयारी गरिएको छ। यसअघि शुक्रबारै शपथपछि पदभार ग्रहण गराउने योजना बनाइएको थियो तर शपथ समारोहमा ढिलाइ भएपछि उक्त कार्यक्रम स्थगित भएको हो।
सरकारको नेतृत्व ग्रहणसँगै उनले तत्कालै प्रशासनिक कामकाजलाई गति दिने तयारी गरिरहेकी छिन्।
यससँगै अन्तरिम सरकारको औपचारिक कार्ययात्रा सुरु हुने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस