Like us!
Follow us!
Connect us!
Watch us!

एक कम्पनीद्वारा सम्बन्धीत सेयरधनीहरुको खातामा लाभांश जम्मा

अर्थ संसार

सोमबार, १८ बैशाख २०८०, १० : ५९ मा प्रकाशित

एक कम्पनीद्वारा सम्बन्धीत सेयरधनीहरुको खातामा लाभांश जम्मा

एनआइसी एशिया लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश सम्बन्धीत सेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको छ ।

लघुवित्तले आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाउन सुरु गरेको हो। 

लघुवित्तको वैशाख १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित भएको १४.७५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको हितग्राही खातामा अद्यावधि रहेको बैंक खातामा जम्मा गरिदिएको हो ।

हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंकको खाता अद्यावधिक नगराएका सेयरधनीहरुले बैंक खाता हितग्राही खातामा अद्यावधिक गराएपछि मात्रै उक्त लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको