Like us!
Follow us!
Connect us!
Watch us!

उच्च व्याजदरलाई एकल अंकमा कायम गरिदिन अर्थमन्त्रीलाई लगानीकर्ता संघको आग्रह(मागसहित)

अर्थ संसार

सोमबार, १८ बैशाख २०८०, ११ : ४२ मा प्रकाशित

उच्च व्याजदरलाई एकल अंकमा कायम गरिदिन अर्थमन्त्रीलाई लगानीकर्ता संघको आग्रह(मागसहित)

अर्थमन्त्री डा. प्रकाशशरण महतलाई तीन लगानीकर्ता संघका प्रतिनिधिहरुले भेटवार्ता गरेका छन् । आज अर्थमन्त्री डा. महतलाई भेट गरी विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन समेत उनीहरुले आग्रह गरेका हुन् ।

उनीहरुले अर्थमन्त्री सामू ६ बुँदे माग प्रस्तुत गरेका छन् । लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न अनुरोध उनीहरुले अर्थमन्त्री डा। महतसँग अनुरोध गरेका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतलाई नेपाल इनभेष्टमेन्ट फोरमका अध्यक्ष तुलसी राम धकाल, सेयर लगानीकर्ता संघ नेपालका का। अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघ अध्यक्ष राधा पोखरेलले भेटवार्ता गरेका छन् । 

मागहरू:
१. लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न अनुरोध गर्दछौं ।
२. १२ करोड (बाह्र करोड) सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गर्दछौं ।
३. शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौं।
४. लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौं ।
५. विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।
६. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको