Like us!
Follow us!
Connect us!
Watch us!

घोराही सिमेन्टको आईपीओ मंगलबारदेखि

अर्थ संसार

सोमबार, १८ बैशाख २०८०, १४ : ०४ मा प्रकाशित

घोराही सिमेन्टको आईपीओ मंगलबारदेखि

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको छ। 

कम्पनीले वैशाख १९ गतेबाट आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने लागेको हो। यो आईपीओ १०० मा भने बिक्री हुने छैन। कम्पनीले आफ्नो जारी पूँजी रु.३,९७,१९,००,६००/- को २०%, अर्थात रु.७९, ४३,८०,१००/- बराबरका ७९, ४३, ८०१ कित्ता मध्ये सार्वजनिक निष्काशनको ५% तथा जारी पुँजीको १% ले हुन आउने जम्मा रकम रु. ३,९७,१९,०००/- बराबरको अंकित मूल्य रु.१००/- मा प्रिमियम वापत रु.३०० थप गरी प्रति सेयर रु.४००/- को दरले ३,९७,१९० कित्ता उद्योग प्रभावित क्षेत्र दाङ जिल्लाको घोराही उप-महानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८, १९ दाङ जिल्ला, बंगलाचुली गा.पा. वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गा.पा. वडा नं. ३, ४ का बासिन्दाहरुको निमित्त छुट्टाईएको छ।

सो स्थानीय बासिन्दाहरुको लागि छुट्टाईएको सेयरमा पूर्ण रुपमा आवेदन पर्न नआएमा बाँकी रहेको सेयर समेत सर्वसाधारणमा जारी गरिने सेयरमा थप गरी सोही अनुपातमा सार्वजनिक निष्काशनको १०%, तथा जारी पूँजीको १.९०% ले हुन आउने जम्मा रकम रु. ७,५४,६६, १००/ बराबरको अंकित मूल्य रु.१००/ प्रिमियम बापत रु.३३५/- थप गरि प्रति सेयर रु.४३५/- को दरले ७,५४,६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिएको छ। 

कहिलेसम्म दिने आवेदन ?

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा जेठ २ गते हुनेछ भने ढिलोमा जेठ १७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ २ गतेभित्र आवेदन दिनु पर्नेछ।

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता

अधिकतम -अधिकतममा १ लाख कित्ता(आयोजना प्रभावित क्षेत्रका बासिन्दा) र ७ लाख ५४ हजार ६६१ कित्ता ( वैदेशिक रोजगार)

कहाँबाट दिने आवेदन ?

स्थानिय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इण्डष्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

रेटिङ्ग 

 केयर रेटिङ नेपाल लिमिटेडबाट "CARE-NP BBB- (Is) (Tripple B Minus Issuer Rating ) " रेटिङ्ग प्राप्त गरेको छ। "CARE- NP BBB (Is) (Tripple B Minus Issuer Rating )" से कम्पनीको वित्तीय दायित्व बहन गर्ने सुरक्षा क्षमताको मध्यम आधार "Moderate Degree of Safety Regarding Timely Servicing of Financial Obligations" रहेको जनाउँदछ । केयर रेटिङ नेपाल लिमिटेडले NP AAA (Is) देखि CARE- NP D (Is) सम्मको रेटिङ प्रदान गर्दछ जसमा ग्रेड "CARE-NP AAA (Is)" ले सकारात्मक आधार जनाउँछ भने "CARE-NP D (Is)" ले नकारात्मक आधारहरू जनाउँछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको