Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले ‘ग्रीन सिग्नल’ दिए स्वर्णिमलाई अर्थमन्त्री बनाउँछौँः रास्वपा

अर्थ संसार

सोमबार, १८ बैशाख २०८०, १५ : ३२ मा प्रकाशित

प्रधानमन्त्रीले ‘ग्रीन सिग्नल’ दिए स्वर्णिमलाई अर्थमन्त्री बनाउँछौँः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको क्याबिनेटमा मौका पाए सांसद स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन तयार रहेको जानकारी गराएको छ । तर, यसका लागि प्रधानमन्त्री प्रचण्ड पनि तयार हुनुपर्ने पार्टीको बुझाई छ ।

पार्टीले यसअघि दाबी गरेको मन्त्रालय पाए सरकारमा जाने तयारी गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा सरकारमा जाने कि नजाने विषयमा छलफल भएको छ । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर उपयुक्त निर्णय गरिने प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।

साविकको मन्त्रालय पाए स्वर्णिम वाग्ले कसरी अर्थमन्त्री बन्छन्? भन्दै सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले प्रधानमन्त्री प्रचण्डले ‘ग्रीन सिग्नल’ दिए सांसद वाग्लेलाई अर्थमन्त्री बनाउन पार्टी तयार रहेको बताए । 

“आजको बैठकमा देशको अर्थतन्त्रको अवस्था हेरेर अर्थतन्त्र मन्त्रालय पनि दाबी गर्नुपर्छ र उहाँलाई अर्थमन्त्री बनाउनुपर्छ भनेर साथीहरूले धारणा राख्नुभयो,” उनले भने, “प्रधानमन्त्री तयार भएको अवस्थामा हामी स्वर्णिम वाग्लेलाई मन्त्री बनाउन तयार छौँ ।” उनले अब पार्टी सत्तामा रहन्छ वा प्रतिपक्ष भन्ने विषय शुक्रबारसम्म टुंगो लाग्ने बताए ।

उनले रास्वपाले यसअघि पाएकै मन्त्रालय दिन र सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री तयार भइसकेको समेत बताए । प्रधानमन्त्री प्रचण्डले समेत रास्वपाले लिएको अडानमा आफू सहमत रहेको जनाइसकेका छन् । उपनिर्वाचनमा तनहुँ-१ बाट निर्वाचित भएका डा. वाग्लेलाई रास्वपाले संसदको अर्थ समितिमा पठाइसकेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको