अर्थ संसार, काठमाडौं– गत आर्थिक वर्षको मुनाफाबाट वाणिज्य बैक र विकास बैंकले धमाधम लाभांश घोषण गरिरहेका छन् ।
अहिलेसम्म ८ बाणिज्य बैंक र ११ वटा विकास बैंकले लाभांश घोषणा गरिसकेका छन् । अरु बैंकहरुले पनि घोषणा गर्ने तयारी गरिरहेका छन् ।
कम्पनीको लाभांशको प्रतिशतले कम्पनीको बर्तमान स्थिति चित्रण गर्ने गर्दछ ।
नाफा कमाउने कम्पनीले धेरै लाभांश दिने भएको लाभांशको आधारमै लगानीकर्ताको लागि यो तथ्यांक अति उपयोगी हुनेछ । लगानीकर्ताको कम्पनी छनोटमा लाभांशले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
लाभांश घोषणा गरिसकेका बाणिज्य बैंकहरु मध्ये नविल बैंकले सवै भन्दा धेरै लाभांश दिएको छ । ३० प्रतिशत बोनस सेयर १८ प्रतिशत नगद लाभांश गरी ४८ प्रतिशत लाभांश घोषण गरेको छ ।
त्यसै गरी सवै भन्दा कम नेपाल बंगालादेश बैंकले १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
यता विकास बैंकहरु मध्ये निर्धन उत्थान विकास बैंकले बोनस सेयर र नगद गरी ८१.७१ प्रतिश बोनस दिने घोषणा गरेको छ ।
सवै भन्दा थोरै सप्तकोशी डेभलपमेन्ट बैंकले सेयर र नगद गरी जम्मा ११.५७ प्रतिशत लाभांश घोषण गरेका छ । कम्पनीको लाभांशको प्रतिशतले कम्पनीको बर्तमान स्थिति चित्रण गर्ने गर्दछ ।
नाफा कमाउने कम्पनीले धेरै लाभांश दिने भएको लाभांशको आधारमै लगानीकर्ताको लागि यो तथ्यांक अति उपयोगी हुनेछ । लगानीकर्ताको कम्पनी छनोटमा लाभांशले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस