Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक एक्सचेञ्जः आवश्यकता कि प्रपञ्च ?

बसन्त पाण्डे

मंगलबार, १९ बैशाख २०८०, १३ : ४६ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष सुरबिर पौड्याल आफु अध्यक्ष हुँदा नयाँ स्टक एक्सचेञ्ज ल्याउन पहल गरेका थिए। उनकै पालामा नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन माग गरिएको थियो र ४ वटा आवेदन पनि परेका थिए। उनी २०६५ पुष देखि २०६८ भाद्र सम्म नेपाल धितोपत्र बोर्डका अध्यक्ष थिए। यदी नेपालको सेयर बजारलाई छोटो समयमा विकास गर्ने हो भने नयाँ स्टक एक्सचेञ्ज अपरिहार्य रहेको उनको बुझाई थियो।  उनको पालामा नयाँ स्टक एक्सचेञ्ज आउन सकेन र सो कुरा सेलाएर गयो। 

उनी पछिका धितोपत्र बोडका अध्यक्षहरु डा.रेवत बहादुर कार्की र भिष्मराज ढुंगानाले पनि बेला बेलामा नयाँ स्टक एक्सचेञ्जको महत्व औलाउने गरेका थिए। त्यति मात्र होइन नयाँ स्टक एक्सचेञ्जको सिईओं रहिसकेका चन्द्र सिंह साउदले पनि नेपालको सेयर बजारले गति लिने हो भने स्टक एक्सचेञ्ज अपरिहार्य रहेको बुझाई छ। 

"ब्रोकर कम्पनी आफैले नयाँ प्रोडक्ट निर्माण गर्ने होइन, उनीहरुले भएका कुरालाई मात्र प्लेटफर्म उपलब्ध गराउने हो, किनबेच गराउने काम हो। तर बजार बिस्तार गर्न ब्रोकर कम्पनीमात्र पर्याप्त होइन।" 

बोर्डमा रमेश कुमार हमाल अध्यक्ष भएर आएपछि नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकरहरुलाई लाइसेन्स दिने काम भयो। नयाँ ब्रोकरहरुलाई लाइसेन्स दिने कुरामा खासै विवाद भएन तर नयाँ स्टक एक्सचेञ्ज भने विवादमा पर्यो र अहिले पनि विवाद जारी छ । 

नयाँ स्टक एक्सचेञ्जविरुद्ध सर्वोच्च अदालतमा मुद्धा पनि पर्यो। सर्वोच्च अदालतले बाटो खोलिदिएपछि बोर्डले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिन आवहान पनि गर्यो र ३ वटा इच्छुक कम्पनीले आवेदन पनि दिए। तर, अहिले ससंदमा नयाँ स्टक एक्सचेंज आवाज उठ्न थालेको छ। 

"अहिलेको नेपाल स्टक एक्सचेंज जसले प्रति वर्ष सरकारलाई १ अर्ब लाभांस योगदान गर्ने संस्थालाई कमजोर बनाएर अहिले भइरहेको बिजनेस अन्तै डाइभर्ट गरेर निश्चितको कब्जामा हुने गरि जुन नयाँ स्टक एक्सचेंजलाई लाइसेन्स दिने तयारी गरिएको छ त्यसलाई अविलम्ब रोकिन पर्छ। " भनेर संसदमा आवाज उठ्यो। 

संसदमा आवाज उठिसकेपछि यो अहिले राष्ट्रिय बहसको विषय बनेको छ। यहि सेरोफेरोमा अहिले लगानीकर्ताले खोजेको चाहिँ के हो ? के नयाँ स्टक एक्सचेंज आएपछि नेप्से पुरै सुक्ने हो ? कि हुने के हो ? अन्तराष्ट्रिय र हाम्रो दक्षिण एशियामा के छ अवस्था ? के के भएका थिए ? नेपालमा नयाँ स्टक एक्सचेंज चाहिएकै हो ? यो कुरा कतिको जायज हो या यो चाहिदैन भने कुरा कतिको जायज हो ? यो विषयमा अर्थसंसारकर्मी वसन्त पाण्डेले तयार पारेको समर्गी प्रस्तुत छ :

अर्थसंसार विशेष : नयाँ स्टक एक्सचेञ्जको औचित्य र महत्वमाथि हरेक कोणबाट चिरफार !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको