Like us!
Follow us!
Connect us!
Watch us!

मोदी इनर्जीको आइपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

अर्थ संसार

बुधबार, २० बैशाख २०८०, ०८ : २० मा प्रकाशित

मोदी इनर्जीको आइपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

मोदी इनर्जीको आइपीओमा पहिलो दिन २५ करोड ९४ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सिडिएसका अनुसार पहिलो दिन सम्ममा २ लाख २९ हजार २०६ जना आवेदकले २५ लाख ९४ हजार ७५० कित्ताका लागि आवेदन दिएका हुन् ।

यस कम्पनीको आईपीओ वैशाख १९ गतेदेखि सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन खुला भएको छ। लगानीकर्ताले छिटोमा वैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम एक लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्। 

यस अघि यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि आईपीओ बाँडफाँट गरिसकेको छ।

कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। यस मध्य  ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता  कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको थियो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६१० कित्ता सेयर पनि थप गर्दै  ५९ लाख ९५ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको ९.७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य जलविद्युत परियोजना हो। यस परियोजनको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ रहेको छ भने आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र बहाल अवधि ३१ वर्ष बाँकी रहेको छ। आयोजनाको लगानी फिर्ता हुने अवधि ५.५५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ९.४० वर्ष रहेको छ।

कम्पनीले प्रबर्धन गरिरहेको २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजना यस कम्पनीको मुख्य जलविद्युत परियोजना हो। निर्माण सम्पन्न हुँदासम्म यस परियोजनाको लागत कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १२ वर्ष ११ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७ वर्ष ८ महिना रहेको छ।

यस परियोजनाले २०७८ असोज १४ गतेदेखि व्यवसायीक उत्पादन सुरु गरिसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको