Like us!
Follow us!
Connect us!
Watch us!

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत

अर्थ संसार

विहीबार, २१ बैशाख २०८०, १३ : ३७ मा प्रकाशित

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्स्चेनज (नेप्स) मा मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर सूचीकृत भएको छ । कम्पनीको ७६ लाख कित्ता सेयर विहीबारनेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई निष्काशन गरेको ७ लाख ६० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताहरुलाई निष्खकाशन गरेको (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी काषे र कर्मचारीहरु सहित) १५ लाख २० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५३ लाख २० हजार कित्ता सहित सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्यूनतम ९२ रुपैयाँ ७१ पैसादेखि अधिकतम २७८ रुपैयाँ १३ पैसा ओपनिङ्ग रेन्ज तोकिदिएको छ । 

645365b8a9d93.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको