Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक र अन्नपुर्ण केवल कारबीच समझदारी, कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिइने

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १३ : ३० मा प्रकाशित

सिटिजन्स बैंक र अन्नपुर्ण केवल कारबीच समझदारी, कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिइने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरा स्थित अन्नपुर्ण केवल कार प्रा.लि.बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अन्नपुर्ण केवल कारमा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । साथै पोखरा स्थित सिटिजन्स बैंकका शाखाहरmमा नयाँ खाता खोल्ने ग्राहकहरmका लागि अन्नपुर्ण केवल कारको टिकट निशुल्क उपलब्ध हुने छ ।  यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा,  १३९  वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको