Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १५ : १७ मा प्रकाशित

यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (मंगलबार) सेयरबजारमा सुधार देखिएको छ । नेप्से सूचक आज १०.६६ अंकले बढेर १८४४.३६ को विन्दुमा कायम हुन पुगेको हो ।

नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने खासै माथि उक्लिन सकेन । आज सेयरबजारमा जम्मा ७७ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ४५ लाख, स्वाभिमान लघुवित्तको प्रोमोटर सेयरको ३ करोड ४७ लाख, नबिल बैंकको २ करोड ३ लाख र हिमालयन डिष्टिलरीको १ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको