Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्यो दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का(पत्रसहित)

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १६ : २३ मा प्रकाशित

नेप्सेले गर्यो दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का(पत्रसहित)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्ज भई एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले सेयर कारोबार रोक्का गरिदिएको हो ।

दुई बीमा कम्पनीहरुको वैशाख १७ गतेको पत्रानुसार उक्त संगठित संस्थाहरुबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जर कार्य सम्पन्न भई वैशाख २७ गतेदेखि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएकाले नेप्सले सेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले धितोपत्र दर्ता गराएका संगठित संस्थाहरु एकआपसमा मर्जरमा जाने सम्बन्धी निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम उक्त कम्पनीहरुको सेयर कारोबार वैशाख २७ गतेदेखि रोक्का गर्ने भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको