Like us!
Follow us!
Connect us!
Watch us!

संसद्मा राप्रपाका सांसदको नारावाजी

अर्थ संसार

बुधबार, २७ बैशाख २०८०, ११ : २७ मा प्रकाशित

संसद्मा राप्रपाका सांसदको नारावाजी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । बैठकको सुरुवातमै राप्रपा सांसदहरु आफ्नो आसनबाट उठेर सभामुखसँग बोल्न समय माग गर्दै विरोध गरेका हुन्  ।

सभामुख घिमिरेले बोल्नका लागि शून्य समय र बजेटको तयारीबारे मात्र बोल्ने कार्यसूची तय गरेको र बैठक सञ्चालन गर्न दिन आग्रह गरेपनि राप्रपाका सांसदहरुले मानेका छैनन् ।

सभामुखले आफ्नो भनाई शुन्य समयमा राख्न आग्रह गर्दै शुन्य समयमा बोल्न बिमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले संसदको रोष्टम घेराउ गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको