Like us!
Follow us!
Connect us!
Watch us!

आधा घण्टामा पक्राउ परेका नछुटे सशक्त आन्दोलन गर्ने रास्वपाको चेतावनी

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, १४ : ३४ मा प्रकाशित

आधा घण्टामा पक्राउ परेका नछुटे सशक्त आन्दोलन गर्ने रास्वपाको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीले पक्राउ परेका नेता कार्यकर्तालाई आधा घण्टाभित्र नछाडे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । 

सभापति रवि लामिछाने सहकारी ठगी र सङ्गठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाको आजको बालुवाटार केन्द्रित आन्दोलनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रास्वपाका नेता कार्यकर्ता पक्राउ गरेको छ । 

त्यसपछी सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सांसद हरि ढकालले भनेका छन् ‚‘आधा घण्टाको बिचमा प्रहरीले हाम्रा साथीहरू छुटाएनन् भने हाम्रो आजको आन्दोलन सशक्त पार्छौं।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको