Like us!
Follow us!
Connect us!
Watch us!

संघीय संसद्को हिउँदे अधिवेशन - पहिलो बैठकमै रास्वपाको बिरोध

अर्थ संसार

शुक्रबार, १८ माघ २०८१, १३ : ३३ मा प्रकाशित

संघीय संसद्को हिउँदे अधिवेशन - पहिलो बैठकमै रास्वपाको बिरोध

प्रतिनिधि सभाको हिँउदे अधिवेशन आजबाट सुरु भएको छ ।

प्रतिनिधि सभाको  बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आफ्नो आसनबाट उभिएर बिरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले दलगत समय दिइने भन्दै त्यसबेला आफ्ना धारणा राख्न आग्रह गरिरहेका छन् । तर रास्वपा सांसदहरुले उभिएर बिरोध गरिरहेका कारण संसद बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य राख्ने कार्यसूची छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको