Like us!
Follow us!
Connect us!
Watch us!

९० दिन सहकारीको बचत रकम फिर्ता गर्ने आधार हामी दिन्छौं: डीपी अर्याल

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, १३ : ३० मा प्रकाशित

९० दिन सहकारीको बचत रकम फिर्ता गर्ने आधार हामी दिन्छौं: डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार दिन सक्ने दाबी गरेका छन्।

बालुवाटारमा जारी विरोध प्रदर्शनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा  गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘हामीले ६ महिनाअघि नै सहकारीको समस्या समाधान गर्नको लागि प्रतिवेदन सरकारलाई बुझायौं। सदनमा कुरा उठायौं। सहकारीको पैसा फिर्ता गराउने आधार दिएका थियौं। त्यो कुनै नसुनेपछि हामी सडकमा आएका हौं। सरकारलाई मेरो अनुरोध एउटा समिति बनाओस् त्यहाँ हामीलाई पनि राखोस्, ९० दिन सहकारीको बचत रकम फिर्ता गर्ने आधारसहित हामी दिन्छौं।’

उनले आफूहरू विधिको शासन मान्ने भएकाले कानून अनुसार भागेर नजाने र प्रमाण नष्ट गर्न नसक्ने भएकाले पार्टी सभापति रवि लामिछानेलाई बाहिर राखेर पनि अनुसन्धान गर्न माग गरेको बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको