आज सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.४३ अंकले घटेर १८४१.९३ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयरबजारमा जम्मा ५८ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ३ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ३ करोड ५२ लाख, शिवम् सिमेन्ट्सको ३ करोड २८ लाख, नेपाल टेलिकमको २ करोड ५६ लाख र एभरेष्ट बैंकको १ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस