Like us!
Follow us!
Connect us!
Watch us!

तातोपानी नाका आंशिक निर्यातमा सीमित

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, १२ : ४४ मा प्रकाशित

तातोपानी नाका आंशिक निर्यातमा सीमित

चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरुपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ । 

निर्यात खोलिएलगत्तै चीनको मागअनुरुप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनरसमेत तातोपानी सुक्खा बन्दरगाहमा थन्किएका छन् । 

“निर्यात त ठप्प छ, त्यतिबेला नै तयार पारिएका सामग्रीको फारम भरेको पनि एक साता भयो, निर्यात खुल्नुको सट्टा उल्टै आयात भइरहेका कन्टेनर पनि दिनहुँ घट्दो क्रममा देखिन्छन्”, तातोपानी भन्सार कार्यालयका  अधिकृत दयादन्द केसीले बताए । निर्यातका लागि खुलेपनि आंशिक भइरहेको उनको भनाइ छ । 

अब नेपालीले निर्यातका लागि नेपालबाट खाद्यान्न जडिबुटीलगायत वस्तु मितेरी पुलको आधा भागसम्म पु¥याउन सक्नेछन् । “मानिस आवातजावत तथा गाडी खासासम्म जाने कुरा होइन निकासी मात्रै हो”, प्रमुख भन्सार अधिकृत केसीले भने। तातोपानी नाकाबाट पहिलेको जस्तो निर्यातका लागि नेपालीले पर्याप्त सामग्री उपलब्ध गराउन नसक्ने केसीको ठम्याइ छ । 

उनका अनुसार पहिला खासासम्मका लागि खाद्यान्न तथा तरकारी र सतुवालगायत जडीबुटीसमेत निकासी हुँदा नेपालीलाई राम्रो आम्दानीको स्रोत थियो । त्यतिबेला मात्रै खासामा होटल सञ्चालनलगायत गतिविधिमा तिब्बतीयन बाहेक पाँच सय नेपाली स्थायी झैँं बसोबास गरेका थिए । तर खासा अहिले सुनसान छ । निकासी खुलेपनि नेपालबाट हस्ताकला सामग्री बाहेक अन्य वस्तु निर्यातको सम्भावना नभएकोे भन्सार अधिकृत केसीले बताए । 

अहिले नेपाली व्यापारीले खासाबाट सिल्क कम्पनीमार्फत नेपालतर्फ दैनिक ६-७ कन्टेनरमार्फत स्याउ, लसुन तथा लत्ताकपडा लगायत सामग्री मितेरी पुलसम्म ल्याउन पाउँछन् । बैठकमा व्यापारीले खासासम्म आफूहरु जान दिनुपर्ने चिनियाँ पक्षसँग माग गरेपनि उनीहरु सकरात्मक नभएको सिल्क कम्पनीका व्यवस्थापक विजय शेर्पाले बताए । 

यसअघि स्याउ, लसुन, ऊन, रोल कपडा, जलविद्युत् आयोजनाका पाइपजस्ता ठूला भारका सामग्री तातोपानी नाकाबाट ल्याइने गरेको थियो । भन्सार यार्डमा ‘क्यू सिस्टम’मा छ सयभन्दा बढी मजदुर सामान लोड–अनलोड गर्छन् । 

चालु आर्थिक वर्षमा रु चार अर्ब ६२ करोड भन्सार राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा अहिलेसम्म रु दुई अर्ब २० करोड उठेको छ । अहिले चीनले ‘ट्रेड च्यानल’मा सामग्री पठाएकाले झन्झटिलो भएको स्थानीय व्यवसायी दोर्जे लामाले बताए । 

अहिले आउने कन्टेनरमा रड, स्याउ र लसुनजस्ता सामग्री छन्, यी सामान पनि चीनले ‘ट्रेड च्यानल’मार्फत पठाउन थालेको छ । जसले गर्दा सम्पूर्ण सामग्री झारेर हेर्ने प्रक्रिया लामो हुन्छ । एक कन्टेनर सामग्री आउन एक महिनासम्म लाग्ने उनले बताए।-रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको