नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताएका छन् । ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
साथै, राज्यको अर्बौको ढुकुटी कुल्याउन भ्रष्टाचारका मुद्दा खोजी खोजी छानबिन गर्न ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरे।
“राज्यको ढुकुटी खल्तीमा हाल्नु भनेको भ्रष्टाचार हो । राज्यको ढुकुटी अर्बौको सम्पत्ति कुम्लाउनविरुद्ध अख्तियारले छानबिन गर्नुपर्ने छ,” उनले भने, “तर भ्रष्टाचारका मुद्दालाई अख्तियारमा त्यतिकै राखेको छ ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस