नेपाली जनताले तिरेको करबाट सरकारी कर्मचारीले तलब खान्छन् । जनताले गरेको मतदानबाटै नेता चुनिएका आएका हुन्छ । तर, सरकारी कर्मचारीले जनता र नेतामा गर्ने व्यवहार धेरै फरक छ भन्ने अस्तिको घटनाबाट पुष्टि भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले हत्कडी लगाएन् । त्यही ठाँउमा सर्वसाधारण अभियुक्त भएको भए प्रहरीले समात्नेबित्तिकै हत्कडी लगाउथ्यों ।
कानुन त सबैका लागि एउटै न हो । तर, नेता र सर्वसाधारणलाई गर्ने व्यवहार किन छुट्टाछुट्टै ? अभियुक्त पक्राउ परेपछि उसलाई मेडिकल चेकजाँच र अदालतमा म्याद थप गर्न लैजाँदा अनिवार्य हत्कडी लगाउनुपर्छ । त्यहाँ पनि प्रहरीले खाँणलाई छुट दियो । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका खाँणलाई बस्नका लागि डिएसपीको कोठामा खाँट हालेर छुट्टै व्यवस्थापन गरिएको भन्ने छ । एउटै कोठामा सय जना थुनुवा राख्ने प्रहरीले खाँणलाई किन बेग्लै व्यवस्थापन गर्यो ?
जनताको करबाट तलब खाएका, लुगा लगाएका प्रहरीले जनता र नेतामाथि विभेद गर्न मिल्छ ? जनता र कानुनभन्दा ठूलो खाँण हुन् ? यो प्रश्नको जवाफ नेपाल प्रहरीले जनतालाई दिनुपर्छ । खाँण खोरमा बस्नुहुँदैन् भनेर कानुनमा लेखेको छ ? कि प्रहरीले नेताहरुका लागि भनेर छुट्टै कानुन बनाएको छ ? कानुन कार्यान्वयन गर्ने ठाँउमा बसेका प्रहरीलाई जनताले कुन नजरबाट हेर्ने ?
कानुन कार्यान्वयनमा विभेद गर्न मिल्दैन् । त्यत्रो ठूलो प्रकरणमा मुछिएको व्यक्तिलाई प्रहरीले ‘ज्वाइँ सुविधा’ दिइरहेको छ । प्रहरीका कारण अहिले पनि कति निर्दोष व्यक्ति जेलमा छन् । बाटोमा हिँडिरहेकालाई समातेर प्रहरीले मुद्दा लगाएर फसाएको घटना धेरै छन् । प्रहरीले गर्दा उसले गर्दै नगरेको गल्तीको सजाय पाउनुपर्छ । धेरै वर्ष सजाय काटेपछि अदालतले ती निर्दोष व्यक्तिलाई सफाइ दिन्छ । तर, प्रहरीले उसको त्यत्रो वर्षको क्षतिपूर्ति त दिँदैन् ।
निर्दोषलाई चाँहि आफैं कसूर लगाएर फसाउने अनि गल्ती गर्नेलाई प्रमाणसहित पक्राउ गर्दा पनि सुविधै सुविधा ।तर, प्रमाण जुटेपछि पक्राउ परेका खाँणलाई प्रहरीले किन छुट्टै व्यवहार देखायो ? प्रहरीले यसको जवाफ जनतालाई दिनुपर्छ । कि गृहमन्त्री भइसकेका व्यक्तिलाई हत्कडी लगाउन मिल्दैन् र अन्य थुनुवासंग राख्न मिल्दैन् भनेर जवाफ दिनुपर्यो ।
कि माथिबाट दबाब आएको छ भनेर हात उठाउनुपर्यो । कि अबदेखि सबैलाई खाँणको जस्तो व्यवहार गरिनुपर्यो । हरेक अभियुक्तलाई छुट्टछुट्टै कोठाको व्यवस्थापन गर्नुपर्यो । अदालतमा उभ्याउन लैजाँदा पनि हत्कडी लगाउन पाइएन् । नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तानलाई प्रहरीले विमानस्थलमै हत्कडी लगाएको थियो । विदेशमा रहेको व्यक्ति त्यहीबाट भाग्न सक्थें । तर, उनी आत्मसर्मपण गर्छु भनेर नेपाल आए ।
प्रहरीले जहाजबाट झर्नेबित्तिकै हत्कडी लगायो । उनी पनि त राष्ट्रिय खेलाडी थिए । तर, हत्कडी लगाइयो । खाँण घरमा लुकेर बसेका थिए । उनले त प्रहरीसंग जान पनि नाइँनास्ती गरेका थिए । त्यस्तो व्यक्तिलाई चाँहि कि हत्कडी लगाइएन् । नेताहरुकै अघिपछि घुम्ने भएकाले उनीहरुलाई कारबाही गर्न प्रहरीलाई डर लागेको हो ? कि प्रहरीले नेताले तिरेको करबाट मात्र तलब खाएको छ, त्यसैले उनीहरुलाई विशेष सुविधा दिइएको हो ?
जनताले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गर्छन्,‘नेतालाई हत्कडी लगाउन मिल्दैन् भन्ने कानुन सदनबाट बनेको छ ? छ भने भन्नुस् । कानुनमा छैन भने तपाईंहरु जनतासंग माफी माग्नुस् । नलगाउनेलाई कारबाही गरियोस् । यो त गम्भीर विषय हो । भोलि जनताले हामीलाई पनि छुट्टै व्यवस्थापन गर्नुपर्छ । हत्कडी लगाउन नमिल्ने माग राख्छन् । त्यतिबेला सरकारले के गर्छ ? यसपछाडि पनि नेता समातिएलान्, गृहमन्त्री पक्राउ पर्लान् । अनि कानुन मिचेर उनीहरुलाई छुट्टै व्यवस्था गर्ने ?’
यो सामान्य कुरा होइन् । भोलि तीन करोड जनताले यसको विरोध गर्छन् । सरकारले अझैपनि जनतालाई ‘अनपढ’ सोचेजस्तो छ । तर, जनता निकै शिक्षित र जान्नेबुझ्ने भइसकेका छन् । जनताले भोट दिएपछि नेता बन्ने हो । नेताभन्दा जनता माथि छन् । तर, प्रहरीले यो देखेको छैन् । प्रहरीलाई जनताको प्रश्न,‘तपाईँहरुको नजरमा नेता ठूलो कि जनता ?
अनि देशमा कसरी भ्रष्ट्राचार कम हुन्छ ? प्रहरी प्रशासन सुध्रिनु जरुरी छ । प्रहरीको सोचमा परिवर्तन आउन जरुरी छ । नेताहरुको चाकडी गर्नका लागि यत्रो कर खर्च गरेर प्रहरी भर्ती गरिएको होइन् । जनताबाट चुनिएर गएका सांसदले सदनमा यो कुरा उठाउनुपर्छ । खाँणलाई छुट्टै व्यवहार गर्नुको जवाफ जनतालाई चाहिन्छ, दिनुपर्छ । जनताको छोराछोरीलाई जहाँ समात्यो प्रहरीले त्यही हत्कडी लगाउँछ । प्रहरीले खाँणको अगाडि आत्मसर्मपण गर्यो ।
मुलुकमा यत्रो सञ्चारमाध्यम छन् । नेपाल स्वतन्त्रतामूलक देश हो ।
नेताहरुलाई प्रहरीको गाडीमा चढ्न लाज लाग्छ । अरु थुनुवासंग बस्न र प्रहरीले दिएको खान नेताहरुलाई घिन लाग्छ । तर, उनीहरुलाई घुस खानचाँहि लाज लाग्दैन् ? गलत काम गर्नुअघि सोच्नुपर्दैन् ? नेता भइसकेपछि गाली र सम्मान दुवै खेप्नुपर्छ । जुत्ता र फुल दुवैको माला लगाउन सिकेका मात्र नेता हुन्छन् । समातिँदैमा कोही दोषी हुँदैन् । देशमा अदालत छ, दोषी हो कि होइन् यसको फैसला अदालतले गर्छ । आफ्नै गाडीमा जानुपर्ने, अन्य थुनुवासंग बस्न नहुने । नेपालको कानुन नमान्ने यिनीहरु कुन देशको नागरिक हुन् ?
खाँण चाबहिलस्थिल मैजुबहालबाट समातिए । उनी आफ्नै निजी गाडीमा प्रहरी चौकी आए । अन्य थुनुवासंग बस्नुपर्ने उनी घरज्वाइँ जसरी बसेका छन् । अनि जनताले यस्तालाई नेता भन्छन् । खाँण प्रहरीकै गाडीमा आएको भए, अन्य थुनुवासंगै बसेको भए उनको जनताले हेर्ने नजर बेग्लै हुन्थ्यो । कानुन बनाउने यी नेताहरु नै हुन् । तर, उनीहरु नै कानुन टेर्दैनन् । एमालेबाट निलम्बित सचिव टोपबहादुर रायमाझी अहिले पनि फरार छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली उनलाई बचाउन हरसम्भव गरिरहेका छन् । यसको फल त ओलीले २०८४ सालको चुनावमा पाइहाल्छन् ।
टोपबहादुर भाग्नुपर्ने नै थिएन् । गल्ती गरेको छ भने सजाय भोग्नुपर्छ । छैन् भने त अदालतले सफाइ दिइहाल्छ । कानुनले नै संरक्षण गर्दा देशमा भ्रष्ट्राचार बढ्यो । कानुन पनि सर्वसाधारणलाई मात्र लाग्दो रहेछ । आफ्ना नेता पक्राउ परे भने नेताहरु बचाउनतिर लागिहाल्छन् । अनि देशमा कसरी भ्रष्ट्राचार हट्छ । २०४६ सालअघि पनि यही हुन्थ्यो, पछि पनि यही भइरहेका छन् । सर्वसाधारण फसे, नेतालाई कसैले छुनसमेत सकेन् । अहिले पनि ‘सानालाई ऐन र ठूलालाई चैन’ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस