बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पद रिक्त भएपछि अब खुला आवेदनमार्फत नियुक्ति गरिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै योग्य र इच्छुक व्यक्तिलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो।
अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष बन्नका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर उपाधि आवश्यक हुन्छ। साथै क्यान्सर रोगसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको वा स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्ष अनुभव भएका वरिष्ठ चिकित्सक योग्य मानिनेछन्। यस्ता योग्य उम्मेदवारमध्येबाट सरकारले अध्यक्ष नियुक्त गर्नेछ।
अध्यक्षको कार्यकाल तीन वर्षको हुनेछ। यसअघि २०७९ चैत २० गते मन्त्रिपरिषद्ले डा. विजयराज न्यौपानेलाई अध्यक्ष नियुक्त गरेको थियो। उहाँको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन प्रक्रिया अघि बढाइएको हो। खुला आवेदनमार्फत अध्यक्ष नियुक्त गर्न लागिएको यो पहिलो पटक हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस