श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले नेपाली सेनालाई प्रयोग गरेर राज्य आतंक र दादागिरी सुरु गरेको आरोप लगाएका छन्। विभिन्न पालिकामा सुकुम्बासीको लगत सङ्कलनका लागि सेना खटाइएको खबर सार्वजनिक भएपछि उनले यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
राईले यस्तो कार्य तुरुन्त रोक्न सरकारलाई चेतावनी दिँदै नेपाली सेनाको प्रयोग किन र केका लागि गर्ने भन्ने स्पष्ट हुनुपर्ने बताए। उनका अनुसार कहिले नेताको निजी काममा, कहिले चुनावमा मतपेटिका ओसार्न, र अहिले सुकुम्बासीको तथ्याङ्क सङ्कलनमा सेना प्रयोग भइरहेको देखिनु चिन्ताजनक हो।
उनले नेपाली सेनाको भूमिका सीमा सुरक्षा जस्ता आवश्यक काममै सीमित हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस