अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अमेरिकी सेनाले इरानलाई सैन्य रूपमा कमजोर बनाएको बताएका छन्। उनले बेलायतका राजा चार्ल्स तेस्रो को उपस्थितिमा ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजमा यस्तो धारणा राखेका हुन्।
ट्रम्पले इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने स्पष्ट पारे। उनले भने, “हामी इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिने छैनौँ, यसमा चार्ल्स पनि सहमत छन्।”
मध्यपूर्वको अवस्थाबारे बोल्दै उनले अमेरिका इरानसँगको संघर्षमा राम्रो अवस्थामा रहेको दाबी गरे। साथै, अमेरिका र बेलायत सँगै मिलेर साम्यवाद, फासीवाद र अधिनायकवादजस्ता शक्तिविरुद्ध मजबुत रूपमा उभिएको उनले बताए।
ट्रम्पका अनुसार, चार्ल्सले नेटो र ओकसजस्ता अन्तर्राष्ट्रिय गठबन्धनको महत्वमा जोड दिएका छन्। यस्ता गठबन्धनहरूले प्राविधिक र सैन्य सहकार्यलाई अझ सुदृढ बनाउने उनको भनाइ थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस