Like us!
Follow us!
Connect us!
Watch us!
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना

‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ बाँडफाँड

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, १३ : ०० मा प्रकाशित

‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ बाँडफाँड

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को बाँडफाँड प्रक्रिया सम्पन्न भएको छ ।  

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को २०८० बैशाख ६ गते देखि बैशाख २० गतेसम्म निष्कासन गरिएकोमा कुल रु.७५ करोड आवेदन रकम प्राप्त भएकोमा आज २०८० बैशाख ३१ गते बाँडफाँड प्रक्रिया सम्पन्न भएको हो ।  

योजनाको कोष प्रबर्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले जारी गरेका विज्ञप्तिमा भनिएको छः

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को २०८० बैशाख ६ गते देखि बैशाख २० गतेसम्म निष्काशन गरिएकोमा कुल रु.७५ करोड आवेदन रकम प्राप्त भएकोमा आज २०८० बैशाख ३१ गते बाँडफाँड प्रकृया पुरा भएको छ ।  

यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, सिडिएसी, सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूण शुभेच्छुकहरु, तथा अन्य नियमन निकायहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । निरन्तर सहयोग र सद्भावले क्यापिटललाई अझ बढी नवीनतम् र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको सिटिजन्स क्यापिटल जनाउँदछ ।  योजनाको कोष प्रबर्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको