Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सिटिजन्स म्युचुअल फण्ड १ र २ को ईकाइ मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, २४ भदौ २०७८, १० : २४ मा प्रकाशित

नेप्सेमा सिटिजन्स म्युचुअल फण्ड १ र २ को ईकाइ मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड–२ ईकाइ मूल्य समायोजन भएको छ ।

लाभांश प्रयोजनार्थ कम्पनीले आज भदौ २४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले हिजो भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । 

समायोजन पछि सिटिजन्स म्युचुअल फण्ड १ को ईकाइ मूल्य ११ रुपैयाँ २० पैसा कायम भएकोछ भने सिटिजन्स म्युचुअल फण्ड–२ को ईकाई मूल्य ११ रुपैयाँ ४९ पैसा कायम भएको नेप्सेले जनाएको छ । हिजो आईतबारको अन्तिम कारोबारमा सिटिजन्स म्युचुअल फण्ड १ को १५ रुपैयाँ २० पैसामा  र सिटिजन्स म्युचुअल फण्ड–२ को १५ रुपैयाँ ४९ पैसामा कारोबार भएको थियो सोहि मूल्यका आधारमा इकाई मूल्य समायोजन गरिएको हो । 

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड र सिटिजन्स–२ ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको