Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स ‘सुपर ३० म्युचुअल फण्ड’को इकाई बिक्रीमा आउँदै

अर्थ संसार

शुक्रबार, २४ चैत्र २०७९, १० : ३५ मा प्रकाशित

सिटिजन्स ‘सुपर ३० म्युचुअल फण्ड’को इकाई बिक्रीमा आउँदै

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई आगामी वैशाख ६ गतेदेखि बिक्रीमा आउने भएको छ । योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले प्रति इकाई १० रूपैयाँ दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका लागि सुरक्षित गरेको छ ।

बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो । यो इकाई बिक्री अवधि छिटोमा वैशाख १० गते र ढिलोमा वैशाख २० गतेसम्मका लागि तोकिएको छ । माग बमोजिम आवेदन प्राप्त भएमा छिटो अवधि वैशाख १० गतेभित्र मात्र उक्त इकाई बिक्रीमा रहनेछ ।

लगानीकर्ताले यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । बन्दमुखी प्रकृतिको यस योजना १० वर्ष अवधिको रहेको छ । योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्षमा परिपक्क हुनेछ ।

उक्त योजनाका लगानीकर्तालाई योजना परिपक्क पश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको