Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स म्युचुअल फन्ड–१ र २ को मूल्य नेप्सेमा समायोजन

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १० : ३८ मा प्रकाशित

सिटिजन्स म्युचुअल फन्ड–१ र २ को मूल्य नेप्सेमा समायोजन

अर्थ संसार, काठमाडौं - सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ र २ को इकाइमूल्य नेप्सेमा समायोजन गरिएको छ। 

नेप्सले बिहिबार मूल्य समायोजन गर्दै सिटिजन्स म्युचुअल फन्ड–१ को प्रतिइकाइ ९.९५ रुपैयाँ र सिटिजन्स म्युचुअल फन्ड–२ प्रतिइकाइ ९ रुपैयाँ कायम गरेको छ ।  

सीबीआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ गत आर्थिक वर्षका लागि इकाइधनीहरुलाई १५ प्रतिशत र सिटिजन्स म्युचुअल फन्ड–२ ले १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

बुधबार फण्डको –१ इकाई ११.४५ र फण्ड-२ को १० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको