Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स म्युचुअल फन्डका ३ योजनाको लाभांश घोषणा, कुनले कति दिने ?

अर्थ संसार

आइतबार, १३ असोज २०८१, २२ : ०८ मा प्रकाशित

सिटिजन्स म्युचुअल फन्डका ३ योजनाको लाभांश घोषणा, कुनले कति दिने ?

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडकोम्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको लाभांश घोषण गरिएको छ । 

योजनाहरुको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको असोज १३ गते बसेको संचालक समितिको बैठकले २०८०/८१ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट ईकाइधनीहरुलाई सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर ३० का इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरिएको हो। जसअनुसार करसहित फन्ड–१ का इकाइधनीलाई ९ प्रतिशत, फन्ड–२ इकाइधनीलाई ६.५ प्रतिशत र सुपर ३० का इकाइधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।

यी तीनवटै योजनाको लाभांश वितरणार्थ आउँदो असोज २३ गते बुक क्लोज गर्ने निर्णय सिटिजन्स क्यापिटलले गरेको छ। यसको अर्थ असोज २२ गतेसम्म कायम इकाइधनीहरुले यी तीन योजनाको लाभांश पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको