Like us!
Follow us!
Connect us!
Watch us!

आरजुले भनिन्– फेक अडियोबारे छानबिन गरेर सार्वजनिक गरियोस्

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १४ : ४९ मा प्रकाशित

आरजुले भनिन्– फेक अडियोबारे छानबिन गरेर सार्वजनिक गरियोस्

सांसद् आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘फेक अडियो’ बनाएर आफूलाई बदनाम गरेको भन्दै सरकारसँग छानबिनको माग गरेकी छिन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन्। उनले  सरकारले छिट्टै उक्त टेपको सत्यतथ्य उजागार गर्नुपर्ने बताइन्। 

‘हाम्रो देशमा फेक न्युजको पराकास्टा छ। फेक मिडियाको सरकारले सुपरीवेक्षण गर्नुपर्छ। मेरो नाम लिएर फेक अडियो टेष्टका लागि प्रहरीलाई दिएको थिएँ। तर त्यो दर्ता गर्न तीन घण्टा लगाइयो। ६ दिन हुँदा पनि फेक हो कि होइन भनेर किन भनिएको छैन? सरकारले चाँडै नै टेपको सत्य तथ्य उजागार गरोस्, उनले भनिन्। केही दिनअघि उनले उक्त अडियोको छानबिन माग गर्दै साइबर व्युरोमा उजुरी दिएकी थिइन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको