Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकका ग्राहकले विभिन्न संघ/संस्थामा विशेष छुट पाउने

अर्थ संसार

विहीबार, ०४ जेठ २०८०, ११ : ४२ मा प्रकाशित

सिटिजन्स बैंकका ग्राहकले विभिन्न संघ/संस्थामा विशेष छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन ।

बैंकका ग्राहकहरुले नक्साल, काठमाडौंमा अवस्थित आबुरी रेस्टुरेन्टका सेवाहरुमा अधिकतम १० प्रतिशत छुट पाउने छन । यसैगरी भगवती मार्ग, नक्साल, काठमाडौंमा अवस्थित वी कयेर हेल्थ सेन्टर का सेवाहरुमा अधिकतम १५ प्रतिशत सम्म छुट पाउने छन । यसैगरी भद्रकालीमा अवस्थित फन ल्यान्ड इन्टरटेनमेन्ट प्रा.लि.को  प्रवेश शुल्कमा ४० प्रतिशत छुट पाउने भएका छन भने धरान उपमहानगरपालिका, वडा न. १० मा अवस्थित टस्क माउन्टेन बाइक स्टोरबाट बाइ–साइकल खरिद गर्दा खरिद मुल्यमा अधिकतम ८ प्रतिशत सम्म छुट पाउने छन । 

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम.,६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।                                                              
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको