Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर प्रस्ताव पारितका लागि प्रभु र महालक्ष्मी लाईफले एकैदिन डाक्यो साधारण सभा

अर्थ संसार

शुक्रबार, ०५ जेठ २०८०, १२ : ५६ मा प्रकाशित

मर्जर प्रस्ताव पारितका लागि प्रभु र महालक्ष्मी लाईफले एकैदिन डाक्यो साधारण सभा

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले साधारण सभा आव्हान गरेका छन् । दुवै कम्पनीले मर्जर प्रस्ताव पारितका लागि जेठ २६ गते एकै दिन साधारण सभा आव्हान गरेका हुन् । 

प्रभु लाइफले विशेष साधारण सभा आयोजना गर्न लागेको हो भने महालक्ष्मी लाईफले पाँचौ वार्षिक साधारण सभा आयोजना गर्न लागेको हो ।

महालक्ष्मी लाईफले बिहान ११ बजे होटल अकामा, धुम्बारही, काठमाडौंमा सभा गर्न लागेको हो भने प्रभु लाइफले बिहान ११ बजे लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौंमा सभा गर्न लागेको हो । 

महालक्ष्मी लाईफले प्रभु लाइफसँगैका मर्जर प्रस्तावका लागि तय भएको १ बराबर १ सेयर आदानप्रदान गर्ने सहमतिलाई सभामार्फत स्वीकृति प्रदान गर्नेछ । अघिल्लो आर्थिक वर्ष ०७७र७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै मर्जरका लागि आगामी दिनमा आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय समेत महालक्ष्मी लाईफको सभाले गर्नेछ ।

त्यस्तै प्रभु लाइफले मर्जर सम्बन्धी आवश्यक प्रस्तावसँगै प्रस्तावित लाभांश समेत सभामार्फत पारित गर्नेछ । प्रभु लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष ०७७र७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित ९ दशमलव ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५२ प्रतिशत नगद लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ । 

प्रभु लाइफले यस वर्षको लाभांश प्रस्ताव संशोधन गरेको छ । कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम लाभांश प्रस्ताव संशोधन गरेको हो । 

यस अघि कम्पनीले हाल कायम चुक्तापूँजी रू २ अर्बको आधारमा १० दशमलव ५२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

प्रभु लाइफले भने सभा प्रयोजनका लागि जेठ १२ गते एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोको आधारमा जेठ ११ गते बिहीबारसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच २०७९ असार ३० गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको