Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा जेठ २६ गते हुँदै, लाभांश र मर्जर मुख्य एजेण्डा

अर्थ संसार

शुक्रबार, १२ जेठ २०८०, १२ : ०१ मा प्रकाशित

प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा जेठ २६ गते हुँदै, लाभांश र मर्जर मुख्य एजेण्डा

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा जेठ २६ गतेका लागि आह्वान गरेको छ । सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आह्वान गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक-आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ । यी दुई कम्पनी गाभिएर ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

त्यस्तै, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम १ः१ सेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको