Like us!
Follow us!
Connect us!
Watch us!

नीति तथा कार्यक्रमबारे ओलीले भने– सरकार पूर्णरुपमा असफल र चुकेको छ

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, १२ : २९ मा प्रकाशित

नीति तथा कार्यक्रमबारे ओलीले भने– सरकार पूर्णरुपमा असफल र चुकेको छ

आगामी आर्थिक वर्ष २०८०–८१ का लागि सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति नेकपा (एमाले)ले टिप्पणी गरेको छ। नीति तथा कार्यक्रममा सरकार पूर्णरुपमा चुकेको र असफल भएको एमालेको समीक्षा छ। 

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै एमालेका अध्यक्ष केपी शर्मा ओली आज (आइतबार)को प्रतिनिधि सभामा सो टिप्पणी गरेका हुन्। 

‘संविधानले प्रत्याभूत गरेको रोजगारी, आवास लगायतका मौलिक हकहरु र राज्यका निर्देशक सिद्धान्तहरुलाई आधा मानेर नीति कार्यक्रम प्रस्तुत गर्न सरकार पूर्ण रुपमा चुकेको छ। असफल भएको छ,’ अध्यक्ष ओलीले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको