Like us!
Follow us!
Connect us!
Watch us!

निम्तो नदिँदा पनि प्रधानमन्त्री प्रचण्ड भारत जान किन ‘आतुर’...!

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, १६ : ३८ मा प्रकाशित

निम्तो नदिँदा पनि प्रधानमन्त्री प्रचण्ड भारत जान किन ‘आतुर’...!

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाटै गर्ने भनेर अन्य देशको भ्रमणलाई पन्छाउँदै अएका छन् । भारतले भने उनलाई अहिलेसम्म निम्तो नै दिएको छैन् । तर, पनि प्रधानमन्त्री प्रचण्ड भारत जान किन आतुर छन् भन्ने चासोको विषय बनेको छ । एउटा सार्वभौम देशका प्रधानमन्त्रीले अर्को देशको प्रधानमन्त्रीले कहिले बोलाउँला भनेर कुरिरहेको विषयले त्यो सार्वभौम देशको इज्जत बढ्छ कि घट्छ भन्ने प्रश्न खडा हुन थालेको छ ।

नेपालको प्रधानमन्त्रीलाई भारत नबोलाएर पूर्वराजालाई निम्तो दिइ मान सम्मानका साथ बोलाएपछि प्रधानमन्त्रीको भारत भ्रमणबारे शंका हुन थालेको छ । संसदमा एक सांसद भन्छन् ‘भारतले नेपालका प्रधानमन्त्रीलाई आउन दिइरहेको छैन । तर पूर्वराजालाई बोलाएर मानसम्मान गरिरहेको छ ।’ यो विषयले निकै चर्चा पायो । र, राजनीतिक जगतमा यो नयाँ विषय नै बन्यो । के भारतले प्रधानमन्त्री प्रचण्डलाई नरुचाएको हो त? भन्ने प्रश्न आफैमा गम्भीर छ । 

पहिलो पटक प्रधानमन्त्री भएपछि प्रचण्ड चीन गए । फर्केर आएपछि कसैले सोधिदियो– नेपालका प्रधानमन्त्रीहरु सुरुमा भारत भ्रमण गर्थे तपाई चाहिँ चीन जानु भयो नी, भनेर । प्रचण्ड त आत्तिहाले । उनले हतार हतार भुल सुधार गर्दै भने – मेरो पहिलो राजनीतिक भ्रमण त भारतबाटै हुन्छ । नेपालमा प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमा नै गर्दै आएको जगजाहेर नै छ । 

तर, यसपटक पनि पहिले जस्तै समस्या होला भनेर चीनको बोआओ सम्मेलन परित्याग गरेर प्रधानमन्त्री भारतका लागि तयार भएर बसे । तर भारतबाट निम्तो नआएका कारण उनी वेचैन भएको भनेर राजनीतिक वृत्तमा चर्चा पनि भइरहेको छ । दाहाल प्रधानमन्त्री भएको ५ महिना पुगिसक्दासम्म भारत भ्रमणमा जाने चर्चा पटक–पटक भयो । अन्ततः प्रधानमन्त्री दाहाल यही जेठ तेस्रो साता भारत भ्रमणमा जाने तय भएको भनिएको छ । तर, के यो तालिका फेरि हेरफेर त हुने होइन्? भन्ने प्रश्नले स्थान पाएको छ । किनकी भारतले भने अझैँ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे मिती तय गरिसकेको छैन् । भारतका भाजपा गठबन्धन भने तत्काल चुनावमा व्यस्त छ । सोहि कारण पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा अन्यौलता छाएको बुझिन्छ । 

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीको खाका यस्तो छ, यी एजेण्ड उपर छलफल गर्ने प्रधानमनत्रीको तयारीः

प्रधानमन्त्रीले भारत भ्रमणबारे विश्वास सार्वजनिक रुपमै व्यक्त गरिरहेका छन् । उनले यसपटकको भारत भ्रमण एैतिहासिक हुने दावी गर्दै आएका छन् । भ्रमणका लागि दुवै पक्षले तयारी तिव्र थालेको दाहालले बताएका छन् । यसअघि नै प्रचण्डलाई चीनबाट भ्रमणको निम्तो आइसकेको थियो । तर, पहिलो विदेश भ्रमणको गन्तव्य भारतलाई बनाउन लागि परेका छन् प्रचण्ड । नेपालले विद्युत व्यापार, जलविद्युत आयोजना, रेलमार्ग, सीमालगायतका विषयलाई एजेन्डा बनाउने गरी तयारी गरिसकेको छ ।  

यसपटक तीन दिने भ्रमणको लागि भारत जान लागेका हुन प्रधानमन्त्री दाहाल । प्रधानमन्त्री दाहालले विगतका भन्दा यसपटको भ्रमण अर्थपुर्ण हुने बताइरहँदा परराष्ट्रमन्त्रालयले गृहकार्य थालिरहेको छ । मन्त्री साउदले यसअघि पूर्व परराष्ट्रमन्त्री र पूर्व राजदूतहरुसँग छलफल गरिसकेका छन् । प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री साउद, मुख्यसचिव शंकरदास बैरागी, परराष्ट्र सचिव भरत राज पौड्याल, दाहालका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलसँग छलफल गरेका छन् । 

यसअघि नेपालमा बजेटको तयारी तिव्र भएकाले प्रधानमन्त्रीको भारत भ्रमण सरेको बताईएको छ । भारतले प्रचण्डलाई जेठ पहिले हप्ता नै भ्रमणमा आउने गरी निम्तो दिएको बताइएको छ । दुवै देशका अधिकारीहरु बसेर भ्रमणको उपयुक्त मितिबारे प्रस्ताव आदानप्रदान गर्दै आए । तर, पटक पटक मितिबारे दुवै पक्षका लागि उपयुक्त नबनेपछि प्रचण्ड बजेटको तयारीमा केन्द्रित हुने र त्यसपश्चात् भ्रमणमा जाने निचोड निकालिएको थियो । 

यसपटकको पहिलो भ्रमण भरतमा गर्ने बताउँदै आएका प्रधानमन्त्री दाहलको भ्रमण एैतिहासिक बनाउनको लागि नेपाल भारतबीच देखिँदै आएको सिमा समस्याको दिर्घकालिन समधान खोज्न आवश्यक देखिन्छ । दुई देशबीच भएको विद्युतिय व्यापार सम्झौता कार्यन्वयन भएको छैन् । भारतसँग हुँदै आएको १५ खर्ब बराबरको व्यापार घाटा कम गर्ने लगायतका विभिन्न समस्या हटाउनसके मात्र प्रधानमन्त्रीको भ्रमण एैतिहासिक हुनसक्छ । के यो भ्रमण साच्चिकै एैतिहासिक बन्ला ? भन्ने प्रश्न उठ्न थालेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको