Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोपावरद्वारा सेयरधनीलाई लाभांश बुझिलिन आग्रह(सूचनासहित)

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, ११ : ३५ मा प्रकाशित

सानिमा माई हाइड्रोपावरद्वारा सेयरधनीलाई लाभांश बुझिलिन आग्रह(सूचनासहित)

सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सो लाभांश बुझिलिन आग्रह गरेको हो ।

कम्पनीले आफ्ना विभिन्न साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धीत सेयरधनीहरुले हालसम्म पनि बुझिलिन नआएकोलाई आग्रह गरेको छ।

कम्पनीले चालु आर्थिक वर्ष सम्मको लाभांश रकम सम्बन्धीत सेयरधनीहरुले हालसम्म पनि बुझि नलिएको तथा हकदाबी समेत नपरेकोले आफ्नो लिन बाँकी रहेको लाभांश रकम कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड, सममार्ग–१ नक्साल, काठमाडौंमा सम्पर्क गरी बुझिलिन सक्ने कम्पनीेले जनाएको छ ।

साथै, लाभांश वितरण गर्ने विषयमा कम्पनीको साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि पनि कुनै सेयरधनीहरुले बुझि नलिएको नगद लाभांशको रकम कम्पनीको ऐन बमोजिम उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको