Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ बालकृष्ण खाँणले दिएको बयान (पूर्ण पाठसहित)

अर्थ संसार

बुधबार, १० जेठ २०८०, ११ : ५६ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ बालकृष्ण खाँणले दिएको बयान (पूर्ण पाठसहित)

पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बयान दिएका छन् । 

उनले भनेका छन्, ‘भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाइ भुटानी शरणार्थी बनाइ तेस्रो देश पठाइदिन्छौँ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन ।’

हेर्नुहोस् पूर्णपाठ 

प्रतिवादीहरू मध्ये टेकनारायण पाण्डे नेपाल सरकारको सचिव भएको कारण चिनेको हुँ, नरेन्द्र के.सी. मेरो निजी सचिव थिए, टोपबहादुर रायमाझी संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्य र पूर्वमन्त्री समेत भएकोले चिनजान छ । म मिति २०७८ साल असार महिनाको २९ गतेदेखि मिति २०७९ पौष महिना सम्म रहँदा संविधान र कानुनको अधीनमा रही देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने लगायत मन्त्रीले गर्नुपर्ने काम गृहमन्त्रीको रूपमा कामकाज गरेको हुँ । म गृहमन्त्री इमान्दारीपूर्वक सम्पादन गरेको हुँ । 

बरामद कालो रङको डायरीमा लेखिएको अंक र अक्षर मेरो हो । सो बाहेक अन्य २ वटा कालो रङ, एउटा खैरो रङको डायरी र सम्पत्ति विवरण भरीएका पाना–३८ समेत मेरो हो । भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपायहरू पहिल्याउन बनेको बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन सोही कार्यदलका साथै सम्बन्धित निकाय र महाशाखालाई जानकारी होला ।

गृहमन्त्रालयको च.नं.८४३ मिति २०८०।१।२६ गतेको पत्र साथ प्राप्त कागजातहरू हेर्दा मिति २०७६÷०७÷०१ मा समितिले प्रस्तुत गरेको उपरोक्त प्रतिवेदनमा संयोजक बालकृष्ण पन्थी, विज्ञ गणेशबहादुर के.सी.रहेको २ जनाले दस्तखत गरेको प्रतिवेदनमा तत्कालीन मन्त्रीले तत्कालीन सचिवको नाममा प्रतिवेदनको अध्ययन तथा कार्यान्वयन अगाडि बढाउन हुन भनी तोक लगाइ अगाडि बढाएको देखिन्छ । 

भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित पूर्वसहसचिव बालकृष्ण पन्थिको संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदन तत्कालीन गृहमन्त्रीको पालामा लिने कार्य भएको । भुटानी शरणार्थी समस्या स्थायी सामाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले दिएको प्रतिवेदन उपर थप छलफल भएपश्चात गरिएका निर्णयहरू कार्यान्वयनका लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्न म बाट मिति २०७८।०८।१२ मा स्वीकृत दिई सो प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको हो ।

नेपाल सरकार कार्य सम्पादन नियामावली अनुसार सम्बन्धित विभागले प्रस्ताव उठाउने, सचिवले प्रस्ताव प्रस्तुत गर्छन्, मन्त्रीले सदर गर्ने र मन्त्रिपरिषद्ले प्रस्ताव पारित गर्ने गरिएको छ । भुटानी शरणार्थीसम्बन्धी समस्या समाधानको उपायहरूको सम्बन्धमा प्रस्ताव मन्त्रिपरिषद्मा पेश भयो । कागजातहरू के के पेश भए मलाई अहिले सम्झना भएन । नेपाल सरकार कार्य सम्पादन नियमावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीहरूको कार्य क्षेत्र तोकेको छ । मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ । 

तसर्थ मन्त्रालयको अभिलेखहरूको सुरक्षा गर्ने जिम्मेवारीसमेत तोकिएको छ, एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्तैन । 

मन्त्रालयको कागज पत्र प्रतिवेदन सम्झौतालगायत विभिन्न अभिलेख राख्ने निकाय छुट्याइएको हुन्छ, यो मन्त्रालयको प्रशासनिक जिम्मे हो । पूर्ववर्ति सरकारले भुटानी शरणार्थी समस्या स्थायी सामाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन तत्कालीन गृहमन्त्रीले बुझी कार्यान्वयनका लागि अगाडि बढाएको अवस्थामा भुटानी शरणार्थीसम्बन्धी समस्या र समाधानको उपाय सम्बन्धमा मन्त्रिपरिषद्मा उक्त समयमा नै प्रस्ताव प्रस्तुत गरेको हो । 

उक्त प्रस्तावलाई नै निरन्तरता दिएको हो । म गृहमन्त्री भएपछि देशमा शान्ति सुव्यवस्था र अमनचयनका लागि गृहमन्त्रालयका उच्च पदाधिकारी र जिम्मेवार अधिकृतहरूलाई निर्देशन दिँदै आएको सर्वविदितै छ । 

यसै सन्दर्भमा भुटानी यानि गतिविधि भगवन्न भनी त्यसका लागि पनि निर्देशन दिँदै आएको हुँ । शरणार्थीहरूलाई मानवको पछिल्लोपटक भुटानी शरणार्थीहरूलाई अन्तराष्ट्रिय सहयोग रोकेकोलाई जीवन जिउन भएकोले त्यसलाई ध्यानमा राखेर शरणार्थीहरूले पनि सरकारी या सामुदायिक विद्यालय नपाउने आधारभूत स्वास्थ्य सेवाको अवसर प्रधान गर्नुका साथै सरकारी अस्पतालमा उपचारको सुविधा प्रदान गर्ने प्रचलित कानुनको अधीनमा रही कानुनको पालना गर्ने गरी स्थानीय तहको स्वीकृतमा सामान्य व्यापार व्यावसाय गर्नुका साथै कृषिजन्य उत्पादन गर्न सामूहिक खेतीका लागी जग्गा लिजको प्रबन्ध गर्ने लगायतका व्यवस्था गरी उनीहरूको जीवन बनाउन मन्त्रिपरिषद्ले भुटानी शरणार्थीसम्बन्धी समस्या र समाधानको उपायहरूको सम्बन्धमा प्रस्ताव पास गरिएको हो । 

यो प्रस्ताव भुटानी शरणार्थीहरूको व्यवस्थापनका लागि असल मनसायले गरिएको हो । शरणार्थीका नाममा अवान्छनीय गतिविधि रोक्नका साथै कसैलाई पनि भ्रममा नपर्न मन्त्रालयले विभिन्न समयमा परिपत्र समेत गरेको थियो । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, शरणार्थी समन्वय इकाइ बेलडाँगी झापाबाट मिति २०७८।०८।०३ गते भुटानी शरणार्थी बेलडाँगीका सम्पूर्ण शिविर बासीहरूलाई सूचना निकाली जानकारी समेत गराइएको, यसै गरी समय–समयमा निर्देशनहरू पठाइ रहेको हो । 

भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाइ भुटानी शरणार्थी बनाई तेस्रो देश पठाइदिन्छौँ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन । म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदासमेत नेपालको छवि उच्च राख्ने काम गरेको छु । कोभिडको समयमा भुटानी शरणार्थी तथा तिब्बतीयन शरणार्थी समेतलाई भ्याक्सिन लगाउन नेपाली नागरिकता हुनुपर्ने अवस्थामा समेत मैले पहल गरी निजहरूलाई भ्याक्सिन लगाउने कार्य गरेको हुँ । जसको अन्तराष्ट्रिय समुदायले समेत प्रशंसा गरेका थिए । गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्य ठिक होइन, मैले सो कार्य सोच्न पनि सक्तिन भनी प्रतिवादी बालकृष्ण खाणले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको