Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली भुटानी शरणार्थी प्रकरणः थुनछेक बहसका लागि रायमाँझी र खाँण अदालतमा

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १२ : १७ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणः थुनछेक बहसका लागि रायमाँझी र खाँण अदालतमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका माथिको थुनछेक बहसका लागि आरोपितलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । आइतबार काठमाडौं जिल्ला अदालतमा आरोपितलाई उपस्थित गराइएको हो । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आइतबारदेखि थुनछेक बहस सुरु हुन लागेको हो ।

काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको हो । थुनछेक बहसपछि आरोपितलाई पुर्पक्षमा पठाउने–नपठाउने बारेमा अदालतले निर्णय गर्नेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापका बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, बिचौलिया केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिइसकेका छन् ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको