Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्स सेयर संरचना परिवर्तन, १९ लाख कित्ता सेयर सर्वसाधारण रुपान्तरण (पत्रसहित)

अर्थ संसार

बुधबार, १० जेठ २०८०, १२ : ५२ मा प्रकाशित

अजोड इन्स्योरेन्स सेयर संरचना परिवर्तन, १९ लाख कित्ता सेयर सर्वसाधारण रुपान्तरण (पत्रसहित)

अजोड इन्स्योरेन्स लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो ।

कम्पनीको हालसम्म सूचीकृत कुल एक करोड कित्ता सेयरमध्ये साविक संस्थापक र सर्वसाधारण समुहको सेयर हिस्सा क्रमशः ७० र ३० प्रतिशतको अनुपातमा कायम रहेकोमा नेप्सेले कम्पनीको पत्रानुसार हाल ५१ र ४९ प्रतिशत अनुपातमा कायम गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको संस्थापक र सर्वसाधारण समुहको सेयर हिस्सा क्रमशः ५१ः४९ अनुपातमा कायम हुनेगरी संस्थापक समूहको १९ लाख कित्ता सेयर जेठ १० गतेको निर्णयअनुसार सर्वसाधारण समूहमा अभिलेख राखी सोही समूहअन्तर्गत कारोबार हुन योग्य भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको