Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड र अजोड इन्स्योरेन्स एकीकृत कारोबार आइतबारदेखि

अर्थ संसार

शुक्रबार, १२ जेठ २०८०, १४ : ०१ मा प्रकाशित

युनाइटेड र अजोड इन्स्योरेन्स एकीकृत कारोबार आइतबारदेखि

युनाइटेड र अजोड इन्स्योरेन्स एक आपसमा मर्ज भइ बनेको ‘युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको कारोबार आगामी आइतबारदेखि सुरु हुने भएको छ । मर्जर प्रक्रियामा रहेका यी दुई कम्पनीले अन्तिम स्वीकृति पाएसँगै आगामी आइतबारदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेका हुन् ।

यी दुई कम्पनी स्वाप रेसियो १ः८२.५ अनुपातमा मर्ज भएका हुन् । युनाइटेड अजोड इन्स्योरेन्सको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजाद श्रेष्ठ रहने भने श्रवण रावल प्रमुख कार्यकारी अध्यक्ष हुने भएका छन् ।

अजोड इन्स्योरेन्सको हालको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री डेपुटी सिइओ बन्ने निर्णय भएको छ । मर्जपछि नयाँ कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

-सम्बन्धीत समाचार

नेप्सेले गर्यो २ कम्पनीको कारोबार रोक्का

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको