अजोड इन्स्योरेन्स लिमिटेडको पुँजी संरचना परिवर्तनको अभिलेख गरिएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले इन्स्योरेन्सले हाल कायम रहेको पुँजी संरचना परिवर्तन गर्नका लागि बोर्डमा वैशाख ३१ गते निवेदन पेश गरेकोमा बोर्डले पुँजी संरचना परिवर्तनको अभिलेख गरेको हो ।
बोर्डमा दर्ता रहेको कम्पनीको कुल एक करोड कित्ता सेयरको पुँजी संरचना संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात क्रमशः ५१ प्रतिशत तथा ४९ प्रतिशत (५१ः४९) हुनेगरी अभिलेख गरिएको हो ।
जसअनुसार अब संस्थापक सेयरधनी समुहको स्वामित्व ५१ लाख कित्ता र सर्वसाधारण सेयरधनी समूहको स्वामित्व ४९ लाख कित्ता सेयर हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस