Like us!
Follow us!
Connect us!
Watch us!

‘युनाइटेड अजोड’को नामबाट एकीकृत कारोबार सुरु गर्दै अजोड र युनाइटेड इन्स्योरेन्स, सेयर कारोबार रोक्का रहने

अर्थ संसार

बुधबार, १० जेठ २०८०, १६ : ५९ मा प्रकाशित

‘युनाइटेड अजोड’को नामबाट एकीकृत कारोबार सुरु गर्दै अजोड र युनाइटेड इन्स्योरेन्स, सेयर कारोबार रोक्का रहने

अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स लिमिटेडले जेठ १४ गतेदखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्झौता भई जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

नेपाल बीमा प्राधिकरणको जेठ २ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ ८ गते दुबै कम्पनी एकआपसमा गाभ्ने, गाभिने प्रयोजनार्थ नाम परिवर्तन तथा पुँजी बृद्धि सहितको प्रबन्धपत्र, नियमावली संशोधन अभिलेखिकरण भई नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट जेठ ९ गते अन्तिम स्वीकृति प्राप्त भई यी दुर्य कम्पनीले ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

साथै, यी दुबै कम्पनीले उक्त मितिदेखि निर्जीवन बीमा ब्यवसाय एकीकृत कारोबार गर्न लागेको हुँदा नेप्सेसमक्ष दुबैको सेयर कारोबार रोक्का राख्न समेत अनुरोध गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको