Like us!
Follow us!
Connect us!
Watch us!

अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि शुरु

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १२ : २३ मा प्रकाशित

अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि शुरु

अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीले आज (आइतबार)देखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन्।

अजोड र युनाइेटडबीच गत २७ पुसमा मर्जर सहमति भएको थियो भने गत १६ चैतमा मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको थियो। यी दुई कम्पनी १००ः ८२.५ स्वाप रेसियोमा मर्ज भएका हुन्।

नेपाल बीमा प्राधिकरणले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृत प्रदान गरिससेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पनि अन्तिम स्वीकृति प्रदान गरिसेको छ ।

युनाइटेड र अजोड एक आपसमा गाभिएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ७ करोड ९५ लाख रुपैयाँ पुग्नेछ । हाल युनाईटेडको चुक्ता पुँजी १ अर्ब ७ करोड ९५ लाख रुपैयाँ र अजोडको १ अर्ब रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको