Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर प्रस्ताव पारितसँगै अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १७ : ४५ मा प्रकाशित

मर्जर प्रस्ताव पारितसँगै अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । आज (सोमबार) युनाइटेड वल्र्ड ट्रेड सेन्टर, डिइसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा विशेष साधारण सभा सम्पन्न भएको हो । 

सभाले युनाईटेड इन्स्योरेन्स कम्पनीसँग र मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको छ। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड कायम हुनेगरी सो नामबाट एकिकृत कारोबार गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले सेयर अनुपात ८२.५०ः१०० कायम गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनी एक आपसमा संग गाभिने तथा प्राप्ति सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको