Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले खातावालाहरुका लागि जारी गर्यो सूचना

अर्थ संसार

शुक्रबार, १२ जेठ २०८०, ११ : १५ मा प्रकाशित

प्रभु बैंकले खातावालाहरुका लागि जारी गर्यो सूचना

प्रभु बैंकले एक भन्दा बढी डेबिट–क्रेडिट कार्ड तथा खाता भएका ग्राहकका लागि नयाँ सूचना जारी गरेको छ । खातावालाहरुले अब एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने भएका हुन् । 

नेपाल राष्ट्र बैकबाट जारी गरिएको एकीकृत निर्देशनमा २०७९ को इ.प्रा.निर्देशन नं. (२१।०७९) बुँदा नं ४४ बमोजिम बैक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता (ने.रा. बैंकले तोके बाहेक) खोल्न नपाईने एवम् एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड जारी गर्न नपाईने व्यवस्था रहेको छ । 

सो अनुसार बैंकले उक्त प्रकारका खाता खोलि कारोबार गरिरहेका ग्राहकलाई १ भन्दा बढी कार्ड तथा खाता बन्द गरिदिन बैंकले आग्रह गरेको हो ।

बैंकका अनुसार स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता वा कार्ड लिएका ग्राहकले असार मसान्त भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा कार्ड तथा खाता बन्द गनुपर्ने छ । 

सो समय पश्चात त्यस्ता खाताहरु मध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरु बैंकको निर्णयअनुसार बन्द गरिने वा रोक्का राखिने बैंकले जनाएको छ ।

यसका साथै, १० बर्ष देखि शुन्य मौज्दात रही कारोवार नभएका खाताहरु समेत आफैले बन्द गर्न सक्ने भएको हुँदा त्यस्तो खाता रहेका ग्राहकले पायक पर्ने नजिकको शाखा कार्यालयमा गई खाताको विवरण अद्यावधिक गरी खाता सञ्चालन गर्ने सक्ने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको