Like us!
Follow us!
Connect us!
Watch us!

संसद् चल्न नदिने ओलीको घोषणा

अर्थ संसार

शुक्रबार, १२ जेठ २०८०, १७ : २० मा प्रकाशित

संसद् चल्न नदिने ओलीको घोषणा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध गर्ने घोषणा गरेका छन् । एमालेले आज (शुक्रबार)बाट सुरु गरेका स्थानीय तहका जनप्रतिनिधिहरुको अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो घोषणा गरेका हुन् ।

गत बुधबार नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिको खण्डन गर्दे ओलीले उक्त आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अस्तिको दिनमात्रै माओवादीका एक सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । कहाँ गयो त्यो, पशु्पतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्यो भनेर एकजना सांसदले बोले ।’ 

“संसद् अवरुद्ध हुनैपर्छ । यस्तो बकबास । जड्याहाले जाँड खाएको बेला पनि त्यस्तो कुरा बोल्दै हिँड्दैन । आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा,” उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको