Like us!
Follow us!
Connect us!
Watch us!

६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना विकास सम्झौताको मस्यौदा लगानी बोर्डबाट स्वीकृत

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १४ : ३८ मा प्रकाशित

६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना विकास सम्झौताको मस्यौदा लगानी बोर्डबाट स्वीकृत

६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना विकासको जिम्मा भारतको सतलज जलविद्युत् निगम (एसजेभीएन)लाई दिनेगरी परियोजना विकास सम्झौता (पीडीए)को मस्यौदा लगानी बोर्डले स्वीकृत गरेको छ । आज (आइतबार) प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको लगानी बोर्डको ५४ औं बैठकले ६६९ मेगावाटको तल्लो अरुणको मस्यौदा स्वीकृत गरेको हो । 

उक्त मस्यौदा मन्त्रिपरिषद बैठकमा पठाउने निर्णय भएको छ । उक्त आयोजनाबाट नेपालले २१ प्रतिशत बिजुली पाउनेगरी मस्यौदा तयार भएको हो । आयकर छुटलगायतका सुविधा भने यस आयोजनामा दिइने छैन ।

मस्यौदा दस्तावेजलाई स्वीकृत गरी अनुमोदनका लागि मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने निर्णय भएको बोर्डले जनाएको छ । बोर्डको अघिल्लो बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको