Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री डा. महतको स्वीकारोक्ति– नेपालको आर्थिक अवस्था सन्तोषजनक छैन

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १५ : ३८ मा प्रकाशित

अर्थमन्त्री डा. महतको स्वीकारोक्ति– नेपालको आर्थिक अवस्था सन्तोषजनक छैन

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक अवस्था सन्तोषजनक नभएको स्विकार गरेका छन् । आज (आइतबार) प्रतिनीधिसभाको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले वित्तिय स्थितीभन्दा सामाजिक तथा भौतीक पूर्वाधारमा लगानीको अवस्था सन्तोषजनक भएको समेत बताए। 

उनले भने, ‘विगतमा सार्वजनीक संस्थाले मुलुकको आर्थिक समाजिक तथा पुर्वधार विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भएता पनि सञ्चालन र व्यवस्थापनमा देखा परेका कमी कमजोरिहरुको कारणले समग्र वित्तिय स्थिती सन्तोषजनक छैन् । सामाजिक तथा भौतिक पूर्वाधारमा सन्तोषजनक उपलव्धि भएको छ । यस पटकको आर्थिक सर्वेक्षणमा राष्ट्रिय जनगणना २०७८ को जनसंखिक संरचना र लाभलाई अर्थिक दृष्टिकोणबाट विश्लेषण गरि छुट्टै अध्ययनको रुपमा प्रस्तुत गरिएको छ ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको