Like us!
Follow us!
Connect us!
Watch us!

बजेट भाषण– नेपालको कुल ऋण दायित्व २१ खर्बभन्दा बढी

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १६ : ४५ मा प्रकाशित

बजेट भाषण– नेपालको कुल ऋण दायित्व २१ खर्बभन्दा बढी

अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०८०–८१ को बजेट प्रस्तुत गरिरहेका छन् । नेपालले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व २१ खर्बभन्दा बढी रहेको उनले बताएका छन् । आन्तरिकतर्फ १० खर्ब ६३ अर्ब ६७ करोड र वैदेशिक ऋण १० खर्ब ७० अर्ब ६५ करोड गरी कूल ऋण दायित्व २१ खर्ब ३४ अर्ब ३२ करोड रुपैयाँ सार्वजनिक ऋणको दायित्व रहेको अर्थमन्त्री महतले बताए ।

‘वैशाख मसान्तसम्म आन्तरिक ऋण १० खर्ब ६३ अर्ब ६७ करोड र वैदेशिक ऋण १० खर्ब ७० अर्ब ६५ करोड गरी कूल ऋण दायित्व २१ खर्ब ३४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ,’– संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको