Like us!
Follow us!
Connect us!
Watch us!

विश्वव्यापी मन्दीका कारण नेपालको आर्थिक वृद्धि दर २ दशमलव १६ प्रतिशतमा खुम्चिएको छः अर्थमन्त्री

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १६ : ५१ मा प्रकाशित

विश्वव्यापी मन्दीका कारण नेपालको आर्थिक वृद्धि दर २ दशमलव १६ प्रतिशतमा खुम्चिएको छः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०८०–८१ को बजेट प्रस्तुत गरिरहेका छन् । उनले नयाँ बानेश्वर स्थित संसद भवनमा  आव २०८०–८१ को बजेट प्रस्तुत गरिरहेका हुन् । अर्थमन्त्री डा. महतले विश्वव्यापी मन्दीको असरका कारण नेपालको आर्थिक वृद्धि खुम्चिएको बताए। हाल २ दशमलव १६ प्रतिशतमा आर्थिक वृद्धि खुम्चिएको उनले बताए।

आज (सोमबार) प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै महतले पछिल्लो समय मुद्रास्फीतिमा चाप बढ्दै गएको जानकारी गराएका छन् । मुद्रास्फीतिको दर ७ दशमलव ७६ प्रतिशतमा पुगेको उल्लेख गर्दै उनले यो तथ्याङ्कअनुसार मुद्रास्फीतिको चाप बढी देखिएको बताएका हुन् ।

करिब ९ महिनालाई पुग्ने वैदेशिक मुद्राको सञ्चिती रहेको अर्थमन्त्री महतले बताए । त्यस्तै पछिल्लो समय रेमिटेन्स बढेर पछिल्लो ९ महिनामा ९ खर्ब ३ अर्बभन्दा बढी पुगेको अर्थमन्त्री महतले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको